स्थानीय निर्वाचन स्वच्छ र निष्पक्ष हुन सकेन: केपी ओली


१२ जेष्ठ २०७९, बिहीबार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा हुन नसकेको बताएका छन ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रमको सम्बन्धमा छलफलका क्रममा बोल्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र, स्वच्छ र भयरहित वातावरणमा हुन नसकेको बताएका हुन।

उनले निर्वाचनमा धाँधली भएको बताए । उनले निर्वाचन भएको १४ दिन बितिसक्दा पनि सबै ठाउँको मत परिणाम नआएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए । सत्तापक्षले निर्वाचनलाई शान्तिपूर्ण बनाउन नदिएको उनले आरोप लगाए ।

सत्तापक्षले पञ्चायत कालमा समेत नभएको राज्य संयन्त्रको दुरुपयोग गरेर कब्जा गर्ने क्रियाकलाप गरेको उनले बताए ।