१३ जेष्ठ २०७९, शुक्रबार
काठमाडौं, जेठ १३ । काठमाडौं महानगरपालिकको प्रमुखमा बालेन्द्र साह विजयी भएका छन ।
शुक्रवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मत परिणाम सार्वजनिक गर्दै आयोगले महानगरको प्रमुखमा बालेन्द्र साह विजयी भएको औपचारिक घोषणा गरेको हो ।
घोषणापछि बोल्दै नवनिर्वाचति मेयर साहले काठमाडौंलाई अबको ५ वर्षमा विश्वकै सुन्दर शहर बनाउने घोषणा गरे । उनले काठमाडौंलाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धता जनाए ।
नवनिर्वाचित मेयर साहले भने, ‘शुरुवातको रुपमा लिएका छौं । यो हाम्रो विजय मात्र नभइ कार्यको शुरुवात हो । अबको ५ वर्षमा कार्ययोजनालाई पूर्र्ण रुपमा कार्य सम्पन्न गर्नेछौँ । काठमाडौंलाई परिवारको रुपमा लिएका छौँ । विश्वकै सुन्दर शहर बनाउनका लागि सहकार्य गर्नेछौँ ।’