निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद् : माधवकुमार नेपाल


१३ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताएका छन ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताएका हुन। उनले लामो समयको अध्ययनपश्चात निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताए ।

विमानस्थल निर्माणमा अर्बौ रुपैया खर्च भइसकेको र जग्गा समेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु दुखद भएको उनको भनाई छ ।