सरकारी कर्मचारीहरुको तलव १५ प्रतिशतले वृद्धि


१५ जेष्ठ २०७९, आईतवार

काठमाडौं – सरकारले सरकारी कर्मचारीहरुको तलव १५ प्रतिशतले वृद्धि गरेको छ ।

आइतबार संसदमा आ.व.२०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामति, सेना, प्रहरी, शिक्षक लगायत राष्ट्र सेवकहरुलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन आगामी साउन १ गतेबाट लागू हुनेगरी १५ प्रतिशत तलववृद्धि गरेको बताएका हुन ।

उनले हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको बताए । अर्थमन्त्री शर्माले भने, ‘निजामति, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्र सेवकहरुलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन २०७९ साउन १ गतेबाट लागू हुने गरी तलवमानमा १५ प्रतिशत वृद्धि गरेको छु । हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको छु । राष्ट्रसेवक कर्मचारीहरुको न्यूनतम तलव सेवा सुविधा पुनरावलोकन गर्न र श्रमीकहरुको तलव सुविधाको अध्ययन गरी नेपाल सरकारलाई सिफारिसस गर्न एक उच्चस्तरीय तलव सुविधा आयोग गठन गरिनेछ ।’