बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड


१५ जेष्ठ २०७९, आईतवार

काठमाडौं, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्व ९३ अर्व ८३ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेका आगामी आर्थिक वर्षको बजेटमा सो कूल रकम उल्लेख गरिएको हो । जस अनुसार चालूतर्फ ७ खर्व ५३ अर्व ४० करोड अर्थात ४२ प्रतिशत, पूँजिगत तर्फ रु ३ खर्व, ८० अर्व २५ करोड अर्थात २१ दशमलव २ प्रतिशत, वित्तिय व्यवस्थातर्फ रु २ खर्व, ३० अर्व २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ रु. ४ खर्व २९ अर्व ८३ करोड अर्थात २४ प्रतिशत रहेको अर्थमन्त्री शर्माले बताए । उनले भन्नु भयो, ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु १७ खर्व ९३ अर्व ८३ करोड विनियोजन गरेको छु । कूल विनियोजन मध्ये चालू तर्फ रु ७ खर्व ५३ अर्व ४० करोड अर्थात ४२ प्रतिशत, पूँजिगत तर्फ रु ३ खर्व, ८० अर्व २५ करोड अर्थात २१ दशमलव २ प्रतिशत वित्तिय व्यवस्थातर्फ रु २ खर्व, ३० अर्व २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ रु. ४ खर्व २९ अर्व ८३ करोड अर्थात २४ प्रतिशत रहेको छ ।’