निजगढ विमानस्थल बनाउन सरकार पछि हट्दैन : मन्त्री आले


१६ जेष्ठ २०७९, सोमबार

काठमाडौं, जेठ १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताएका छन ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने बताउनुभएको हो । उहाँले सरकार दृढतापूर्वक अगाडी बढ्ने बताए । मन्त्री आलेले हेलिकप्टर र हवाइजहाजहरु युरोपबाट ‘सेकेन्डह्यान्ड’ मा किनेर नेपालमा प्रयोग गरिने गरेको बताए ।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताए । उनले राज्यका कुनैपनि निकाय विकासको सहयोगी हुनुपर्ने बताए ।
त्यस्तै नेपाली कांगेसका सांसद प्रकाशमान सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जाने बताए ।

नेकपा(एमाले)का सांसद भीम रावलले कानून परिवर्तन गरेर भएपनि निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताए ।

नेकपा(माओवादी केन्द्र)का सांसद सुदन किराँतीले निजगढ विमानस्थल बन्न नसेकमा सय वर्ष पछाडी परिने टिप्पणी गरे । उनले निजगढ विमानस्थल निर्माण हुन नदिनु आपत्तिजनक र खेदजनक रहेको बताए ।