चीनको रक्षा बजेट ७ प्रतिशतले बढने अनुमान


१६ फाल्गुन २०७७, आईतवार

फाल्गुन १६, २०७७ काठमाडौँ – विश्वको दोश्रो धनी राष्ट्र चीनको आगामी सैनिक बजेट ७ प्रतिशतले बढने आकलन गरिएको छ ।
चीनिया मिडिया ग्लोबल टाइम्सका अनुसार सन २०२० मा ६.६ प्रतिशतले बढेको सैनिक बजेट सन २०२१ को लागी ७ प्रतिशतले बढने अनुमान गरिएको हो ।

विश्वमा कोभिड–१९ को महामारी रहदा चीनको गतवर्षको रक्षा खर्च १७९ अर्ब अमेरिकी डलर रहेको थियो ।
गत वर्षभन्दा चीनको आर्थिक अबस्था मजबुद रहेकोले पनि यसवर्ष रक्षा खर्च बढने विश्लेषण गरिएको हो, सन २०१९ मा भने कुल जेडिपीको ७.५ प्रतिशतले रक्षा बजेट बढेको थियो ।





ताजा खबर