संसदीय दलमा बहुमत भए लाईन लगाएर देखाउनुहोस् : भीम रावल


१६ फाल्गुन २०७७, आईतवार

फाल्गुन १६, २०७७ काठमाडौँ – नेकपाका स्थायी कमिटी सदस्य डा. भीम रावले ओली समुहसँग बहुमत संसद भए देखाउन चुनौति दिएका छन । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले सो कुरा बताएका हुन ।

ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो समूह बहुमतमा भएको (एक सयभन्दा बढि सांसद छन्) भनेर गरेको दाबीमा कुनै सत्यता नभएको रावलको भनाई छ । उनले भने,‘ह्विप लगाएर कारबाही गर्छु भने । तर, उल्टै उहाँहरुमाथि कसरी कारबाही हुन्छ, मैले विधानमा भनिसकें ।’ उनले ओली पक्षसँग संसदीय दलमा बहुमत भए त्यो देखाउन चूनौति पनि दिए । उनले भने,‘ल लाईन लगाएर देखाउनुहोस् । को–को रैछन् रु हामीसँग स्पष्ट बहुमत भएको कारणले प्रतिनिधिसभा विघटन गर्नुभयो । अविश्वासको प्रस्ताव ल्याएर हटाउन लागेको भनेर प्रतिनिधिसभा विघटन गरेको कुरा उहाँले गर्नुभएको होईन र  । ’

डा. रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको पनि बताए । उनले भने,‘अदालतबाट प्रतिनिधिसभा पूनःस्थापना भैसकेको छ । तर, उहाँले प्रधानमन्त्रीबाट म हट्दिन भन्नु असंवैधानिक हो । केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता तानाशाह र सैनिक शासकबाहेक संसारमा कोही पनि देखेको छैन् ।’

उनले आफूहरुको मुख्य लडाई भनेको लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि भएको प्रतिक्रिया दिए । उनले भने,‘लोकतान्त्रिक मान्यताको रक्षा हुने कि नहुने भन्ने नै हाम्रो मुख्य प्रश्न हो । देशलाई नेतृत्व गर्छु भन्ने व्यक्ति यत्ति अनैतिक बन्न मिल्छ रु उहाँले त फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्दथ्यो ।’
रावलले अब को प्रधानमन्त्री हुन्छ रु भन्ने कुरा आफूहरुको लागि ठूलो कुरा नभएको पनि सुनाए । उनले भने,‘प्रधानमन्त्री को हुन्छ  भन्ने हाम्रो विषय होईन् । सर्वोच्च अदालतले यत्रो फैसला गरेको छ, हाम्रो पार्टी नेपाली कांग्रेस जसपा दल, नागरिक समाजसँग सहकार्य गर्न चाहन्छ । हामीलाई मन्त्री हुने, प्रधानमनत्री हुने हतारो छैन् । कानून हाम्रो पक्षमा छ । हामीले हतारो नगरेको हो । राष्ट्रिय हितलाई माथि राख्नुपर्यो । अहिले हामी छलफलमा भएकोले हतारो नगरेको हो ।’

उनले पार्टीको बैधानिकता माथी गरेको ढिलाई प्रति आक्रोश व्यक्त गरेका छन ।
रावलले पार्टीका सबै कमिटीमा आफूहरुको बहुमत रहेको जिकिर गरे । उनले भने,‘केन्द्रीय कमिटीमा झण्डै दुई तिहाई छ, स्थायी कमिटीमा दुई तिहाई छ । संसदीय दलमा हामी बहुमतमा छौं । निर्वाचन आयोगले बैद्यताको कुरा घामजत्तिकै छर्लङै छ । किन ढिलाई गरेको हो रु’





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका