कोरियन संगित समुह ब्लाकपिकंकी रोजीको आउदो एल्बमले रेकर्ड तोडदै


२१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौँ – कोरियन महिला संगित समुह ‘ब्लाकपिकं’को रोजीको आउदो एल्बमको अग्रीम बुकिङले रेकर्ड तोडेको छ । ४ जना रहेको उक्त समुहमा रोजीको एल्बमले अग्रीम बुकिङमा १२ घन्टामा नै पहिलेको रेकर्ड तोडेको हो ।

रोजीको पहिलो सोलो एल्बम यहि मार्च १२ तारिकमा सार्वजनिक हुदैछ । विश्वभरीबाट अनलाईन आदिबाट पहिलो दिनको १२ घन्टामा ५५,९५८ प्रति विक्री भैसकेको छ ।
ब्लाकपिकंको यस भन्दा अघिको एल्बमको अग्रीम बुकिङ पहिलो एक दिनमा करिब तिस हजार कपी विक्री भएको थियो ।

रोजीको ‘अन द ग्राउन्ड’ र ‘आर’ एल्बम १२ मार्च शुक्रबार दिउसो २ बजे(कोरियन समय) सार्वजनिक हुदैछ । विश्व चर्चित यस ब्लाकपिकं संगित समुहमा रोजी, जेनी, लिसा र जीसो गरी चार जनाको समुह रहेको छ ।





ताजा खबर