अदालतको निणर्य राजनैतिक : जनार्दन शर्मा


२४ फाल्गुन २०७७, सोमबार

काठमाडौँ – पुर्व एमाले र माओवादी बिच भएको एकतालाई खारेज गरिदिएको अदालतको निणर्य राजनैतिक भएको नेता जनार्दन शर्माले बताएका छन । उनले आजको कान्तिपुर दैनिकमा दिएको अन्तरबार्तामा सो कुरा बताएका हुन ।

तत्कालिन एमाले र माओवादीलाई एकतामा लैजान महत्वपुर्ण भुमिका खेलेका शर्माले भने ”नामको बारेमा निणर्य गर्नु स्वभाविक हुन्थ्यो होला, पुर्वपार्टीमा फर्किनुपर्छ भन्ने कुरा अदालतको निणर्य न्यायिक होइन, राजनैतिक हो ।”