२ चैत्र २०७७, सोमबार
एजेन्सी – अमेरिकाको प्रसिद्ध ग्रामी अवार्डमा कोरियन पुरुष संगित समुह बिटिएसले आफ्नो पहिलो प्रस्तुती दिएका छन ।
आइतबार लस एन्जलसमा भएको उक्त ६३ औ अवार्ड समारोहमा नोमिनेसनमा परेको बिटिएसको सो प्रस्तुती कोरियन व्यान्डकै पहिलो प्रस्तुती हो ।
‘डानामाइट’ बोलको गितमा प्रस्तुती दिएको उक्त समुहको यो गितले बेस्ट पप डुइट/ गु्रपको विधामा जस्टिन बेवर, लेडी गागा, टेयलोर सिफ्ट जस्ता गायक/गायिकाहरुको गितसँग प्रतिस्र्पधा गरेको थियो ।
बिटिएस सात जनाको प्रशिद्ध कोरियन पुरुष संगित समुह हो ।