नाइक, एडिडासका सामानहरु चीनमा बहिस्कार


१२ चैत्र २०७७, बिहीबार

एजेन्सी – विश्व विख्यात फेसन ब्राण्ड नाइक, एडिडासका सामानहरु चीनमा बहिस्कारको अभियान चलेको छ ।
चर्चित चीनिया सेलिबे्रटि देखी चाइनिज–कोरियन सेलिबे्रटीहरु सहित आम चीनिया उपभोक्ताले यरोप र अमेरिकी ब्राण्डका सामानहरु बहिस्कारको गर्न थालेका हुन ।

यसमा चर्चित स्वीडिसको फेसन कपडा विक्री गर्ने कम्पनी एच एन्ड एम पनि समाबेस छ ।

यस कम्पनीले गतबर्ष चीनको सिनजियाङ प्रान्तमा उत्पादन हुने कर्टनमा त्यहाका कर्मचारीहरुलाई जबर्जस्ती काम लगाउनेबारे गहिरो छलफल गर्ने गरेको समाचार बाहिर आएको थियो ।

जसले गर्दा चीनियाहरु चिडिएका हुन ।

साथै सिनजियाङ प्रान्तमा अल्पसंख्यक मुस्लिम उइघुर समुदायहरुको मानवअधिकार हनन गरेको भन्दै युरोप र अमेरिकाले चीनलाई प्रतिबन्ध लगाएपछि चीनिया सामाजिक संजालमा नाइक, एडिडासजस्ता फेसनका सामानहरु बहिस्कार गर्न प्रोत्साहित गरिरहेका छन ।