८ बैशाख २०७८, बुधबार
काठमाडौ – पशुपतिनाथ मन्दिरमा रसिद लिएर गरिने विशेष पुजा आजबाट बन्द गरिएको छ ।
पैसा भुक्तानी गरेर भक्तजनहरुले पशुपतिनाथ मन्दिर भित्र पंचाम्रित सहितको गरिने विशेष पुजा कोभिडको कारण बुधबारबाट रोक लगाएको पशुपति विकासकोषले जनाएको हो ।
भक्तजनहरुलाई पुजा गर्न मन्दिर भने खुला रहेको छ ।