संकटमा सहयोगी पल


२ जेष्ठ २०७८, आईतवार

काठमाडौ – सिनेमाका हिरोहरुको जादु कथा अनुसार पर्दामा मात्र सिमित हुन्छ । तर नेपाली सिनेमाको हिरो पल साह भने समाज र राष्ट्रको पनि बास्तविक हिरो बनेका छन ।

अहिले नेपाल कोरोनाले नराम्ररी आक्रान्त बनेको स्थितिमा उनी भने अक्सिजन सिलिण्डर जोहो गर्दै त्यसमा अक्सिजन भरेर कोरोना बिरामीलाई आवश्यकक्ता अनुसार निसुल्क बाडिरहेका छन ।

हाम्रो टिम नेपालसँग सहकार्य गरेर पल आफै काठमाडौको अक्सिजन प्लान्टहरुमा अक्सिजन भर्न जाने गरेका छन ।

अक्सिजनको अभावमा काठमाडौका प्लान्ट अत्यधिक भिड भएका कारण पलको टिम हालै बारामा गएका अक्सिजन भरेर ल्याएका छन ।

कोरोनाको दोश्रो लहर छिटो संकमित हुने भएपनि पल भने ज्यानको बाजी लगाएर नेपालीहरुलाई बचाउन लागिरहेका छन । कोरोनाको पहिलो लहरमा पनि उनले चलचित्र क्षेत्रका धेरै प्राविधिकहरुलाई नगद र खाध्य सामाग्रीहरु सहयोग गरेका थिए ।

 





ताजा खबर