इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका


२० असार २०७८, आईतवार

एजेन्सी – इजरायली कार्गो जहाजमाथी शंकापद आक्रमण भएको छ । आइतबार इन्डियन ओसियनमा उक्त कार्गो जहाज अज्ञात मिसाइल आक्रमणमा परेको हो ।

आक्रमण कस्ले गरेको भन्ने अनुसन्धान भैरहेपनि इरानप्रति शंका गरिएको छ ।

अहिले इजरायल र इरानको सम्बन्ध निकै खराब तवरले गुर्जिरहेको छ । हालै इरानमा नँया राष्ट्रपति निर्बाचितहुदा इजरायलले चर्को आलोचना गरेको थियो ।

अलजजिराको अनुसार सो जहाज साउदी अरबबाट युएइ जादै थियो ।