फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु


२० असार २०७८, आईतवार

एजेन्सी – फिलिपिन्समा सैन्य विमान दुर्घटना हुदा कम्तिमा २९ जनाको मृत्यु भएको छ ।

आइतबार ९२ जना सवार उक्त सैन्यबाहक विमान दुर्घटनाबाट ५० जनालाई जीवितै उद्धार गरिएको छ ।

देशको दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमान धावनमार्ग बाट बाहिर गएको थियो।