अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध


२१ असार २०७८, सोमबार

एजेन्सी – चीनको सबैभन्दा ठुलो राइड सेयरिङ कम्पनी डिडिलाई चीनमा प्रतिबन्ध लगाइएको छ ।

केहि दिनअघि आफ्नो कम्पनीको सेयर भारीमात्रामा न्युयोर्क स्टोक यक्सचेन्ज मार्फत विक्री गरेपछि चीनले आफ्नै मुलुकको कम्पनीलाई कारोबारमा प्रतिबन्ध लगाएको हो ।

चीनको साइबरस्पेस प्रशासनले ग्राहकहरुमा साइबर सुरक्षाको जोखिम हुने बताउदै डिडिलाई एप स्टोरहरुमा संचालनमा प्रतिबन्ध लगाइएको हो ।

डिडिको चीनमा मात्रै नियमित ग्राहक ३० करोड भन्दा बढी रहेको छ ।