२१ असार २०७८, सोमबार
एजेन्सी – हजार भन्दा बढी अफगानी सैनिक आफ्नो ज्यान जोगाउन भागेर ताजिकिस्तान पुगेका छन । तालिवानको आक्रमणबाट ज्यान जोगाउन उनीहरु भागेर छिमेकि राष्ट्रमा पुगेका हुन ।
ताजिकिस्तानद्धारा जारी बक्तव्यमा अफगानिस्तानको सैनिक आफ्नो मुलुकमा आएको जनाएका छन ।
हालै अमेरिका र उसका सहयोगी सेनाले अफगानिस्तान छोडेपछि तालिवानले त्यहाका विभिन्न भुभागहरु कब्जा गर्दै लगेका छन ।
ताजिकिस्तान प्रशासनले अफगान शरणार्थिहरुको आउने सम्भावनालाई ध्यानमा राख्दै तयारी थालेका छन ।