अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान


२२ असार २०७८, मंगलवार

बिबिसी हिन्दी – अमेरिकी सेनाले बगराम एयरबेस राती अफगानिस्तानलाई थाहै नदिइ छोडेका छन । बगराम एयरबेस (हवाइअड्डा)का नयाँ कमान्डरले यसको दिएका हुन ।

जनरल असदुल्ला कोहिस्तानीका अनुसार अमेरिकि सैनिकले शुक्रवार बिहान तीन बजे बगराम छोडेका हुन । अफगानिस्तानको
सुरक्षा बललाई यसको जानकारी केहि घन्टापछि मिलेको थियो ।

बगराममा एक जेल पनि छ भन्ने गरिएको छ जहा पाँच हजार तालिबानी कैद छन ।

अमेरिकी सैनिकहरु फर्किएपछि तालिबानले अफगानिस्तानमा धेरै भुभागहरु आफ्नो नियन्त्रणमा लिदै गएका छन ।