माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे


६ श्रावण २०७८, बुधबार

खबरटाईम्स – विश्व कै सबैभन्दा ठुलो लोकतन्त्र भएको देश भनिएको भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्ध लेखेको भन्दै भर्खरै त्यहाका चर्चित मिडिया आजतकले आफ्ना एकजना पत्रकारलाई जागिरबाट बरखास्त गरेका छन ।

कुनै समय निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्रीको पदमा रहदा मोदीकै जस्तो निरंकुश बाटोमा थिए ।

ओलीसत्तामा रहदा आफु विरुद्ध सामाजिक संजालमा प्रतिकृया जनाउने सर्वसाधारण देखी लिएर मिडियाका सम्पादकहरुलाई समेत जेलमा हाले । र देशकै ठुलो मिडिया हाउस कान्तिपुरलाई आफ्नो बारे राम्रो समाचार मात्रै लेख्न कुनै सयम ओलीले धम्कीनै दिएको भनि केहि दिन अघि कान्तिपुरले सम्पादकियमा लेखेको थियो ।

तिनै निरंकुश ओलीतन्त्रलाई फाल्नका निम्ती उनकै पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले महत्वपुर्ण भुमिका खेलेका छन । नेपालले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखेर केहिसमय यता आफ्नै पार्टीका अध्यक्ष ओलीका विरुद्ध संघर्षपुर्ण तरिकाले विभिन्न निर्णायक निणर्य गर्दै आए ।

प्रधानमन्त्रीको पद जोगाउनैका लागी राष्ट्रपति विद्या देवी भण्डारीको साथमा ओलीले संविधान मिचेर दुई–दुई पटक संसद विघटन गरेपनि माधव नेपालले भने ओलीको असंवैधानिक कदम विरुद्ध सडक र सदनबाट नै डटेर लागे ।

आफ्ना दोस्रो तहका नेताहरु भिम रावल, योगेश भट्टराई, गोकर्ण विष्ट लगाएत नेताहरुले साथ छोडदा पनि नत उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति नगरेकोमा राष्ट्रपतिको असंवैधानिक कदम विरुद्ध सर्वोच्चमा दिएको निबेदनको हस्ताक्षर फिर्ता लिए नत संसदमा देउवालाई भोट दिन नै पछि परे ।

ओलीले नेपाल र उनको समुहलाई आफ्नो पक्षमा पार्न विभिन्न प्रपन्च रचेपनि उनी भने लोकतन्त्रको पक्षमा आफ्नो मान्यतामा अडिक रहिरहे ।
फलस्वरुप देशमा अहिले ओलीतन्त्रको अतिबाद परास्त भएर लोकतन्त्रको विजय भएको छ र देशले संसदबाट बहुमतसहितको नयाँ प्रधानमन्त्री पाएको छ ।

ओलीको २०७७ पुस ५ र २०७८ जेष्ठ ८ गते दुईपटक संसद विघटनको विरुद्धको यस लडाईमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र जसपा नेताद्धय बाबुराम भट्टराइ र उपेन्द्र यादवकोपनि उतिकै भुमिका रहेपनि माधव कुमार नेपालले आफ्नै पार्टीका अध्यक्ष विरुद्ध लिएका संघषपुर्ण निर्णायक निणर्यहरु महत्वपुर्ण थिए ।

मुख्यत नेपाल समुहले नेपालको संविधानको धारा ७६(५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २३ जना संसदहरुको हस्ताक्षर सहित अदालतमा उपस्थिति र ओलीले दोस्रोपटक संसद विघटनविरुद्धको सर्वोच्चको फैसलापछि शेरबहादर देउवालाई प्रधानमन्त्रीको लागी विश्वासको मत दिने निणर्य गर्नु नै माधव कुमार नेपालको बोल्ड निणर्य हो ।

सरसर्ति हेर्दा देउवालाई प्रधानमन्त्री बनाउनको लागी नेपालले साथ दिएको जस्तो देखिएपनि सारमा यो नेपालको नयाँ संविधानको धारा ७६(५)को रक्षाको लागी हो ।

धारा ७६(५)मा कुनैपनि संसद स्वतन्त्र हुने र संसदबाट प्रधानमन्त्री चयन गर्दा दलको ह्वीप मान्नुपर्ने बाध्यता छैन तर यसै नियमलाई लत्याउदै केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाइराख्ने योजनाका साथ राष्ट्रपति विद्या देवी भण्डारीले बहुमत सांसदहरु सहितको शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्विकार गरेका थिए ।

सर्वोच्चले राष्ट्रपतिको उक्त कमदलाई सच्याएर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र संसदमा विश्वासको मत प्राप्त गरेपछि अहिले ओली सर्वोच्च र माधव कुमार नेपाल विरुद्ध सडकमा उत्रिएका छन ।

तर पुर्व सभामुख र अधिवक्ता समेत रहेका नेकपा एमालेका नेता सुवास नेम्वाङलाई संसद विघटन गर्नु आफ्नो नेता ओलीको असंवैधानिक कदम हो भन्ने जान्दाजान्दैपनि पार्टीमा पद र ओलीको राइट म्यान बनिराख्नलाई ओलीको कदम सहि हो भन्दै आइरहेका छन ।

त्यसैले पनि माधव कुमार नेपालको उक्त निणर्यहरुलाई सम्पुर्ण लोकतान्त्रीक पक्षधरहरुले खुलेर प्रशंसा गरेका छन ।





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका