यसकारण नेपालको संविधानभन्दा एमसीसी माथी


२४ भाद्र २०७८, बिहीबार

खबरटाइम्स – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको नेपालमा ब्यापकरुपमा बिरोध भैरहेको छ ।

अमेरिकासँगको उक्त सम्झौतालाई नेपालको कुनैपनि कानुन नलाग्ने भएकोले नेपालमा एमसीसीको व्यापकरुपमा विरोध भैरहेको हो ।

नेपालले अन्यराष्ट्रहरुसँग गरिने विभिन्न अनुदान, ऋण, आर्थिक तथा परियोजनाका सम्झौताहरु सम्बन्धीत मन्त्रालय र मन्त्रीपरिषदबाट पारित गरेहुन्छ ।

तर एमसीसी परियोजनालाई संसदबाट पारित गराउन अमेरिकाले नेपाललाई चर्को दबाब दिइरहेको छ ।
यसको भित्री उदेश्य र मुख्यकारण भनेको नै भविश्यमा एमसीसी मार्फत नेपालमा अमेरिकाले जुनसुकै गतिविधी गर्दापनि नेपालको कानुनबाट छुट पाउनु नै हो ।

एमसीसीको धारा ७ मा सम्झौता लागु हुने अवस्थामा प्रष्टरुपमा लेखिएको छ  “प्रस्तुत सम्झौता लागु भए पश्चात प्रस्तुत सम्झौता र नेपालको राष्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागु हुनेछ ।”

यसको अर्थ एमसीसी र नेपालको संविधान बाझिएमा एमसीसी सम्झौता माथी हुनेछ र नेपालको कुनै कानुन लागु हुनेछैन ।

एमसीसी सम्झौतामा लेखिएको बुदा र नेपालको संविधान तल हेर्नुुस :