२५ भाद्र २०७८, शुक्रबार
काठमाडौं – सरकारले काठमाडौंका विपन्न नागरिकहरुलाई सस्तोमा खाना खुवाउने भएको छ । काठमाडौंको विभिन्न दश स्थानमा सरकारले सुलभ मुल्यमा खाना खुवाउने व्यवस्था गर्न लागेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेश गरेर संसोधित बजेटमा सो घोषणा गरेका हुन ।
हाम्रो टीम नेपाल नामको संस्थाले पनि कोभिडको माहामारीको समयमा काठमाडौंका विभिन्न स्थानमा निशुल्क खाना खुवाउने व्यवस्था गरेको थियो ।