चीनसँग विवादका बिच जापान र भियतनामको रक्षा आदानप्रदान सम्झौता


२७ भाद्र २०७८, आईतवार

काठमाडौं – जापान र भियतनाम बिच रक्षा आदानप्रदान सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौतापछि भियतनामले जापानीज सैन्य सामाग्रि र प्रबिधि प्राप्त गर्नेछ ।

अलजजिराको अनुसार जापानको रक्षामन्त्री नोबउ किशिले शनिबार उक्त सम्झौता भएको जानकारी दिदै यसले एक नया तहको सम्वन्ध स्थापना हुने बताए ।

उनका अनुसार जापान र भियतनाम मिलेर गहिरो सैन्य सम्वन्ध स्थापना गर्ने र बहुराष्ट्रिय सैन्य अभ्यास र अन्य हुनेछ ।

यी दुई राष्ट्रबिच छिमेकि राष्ट्र चीनसँग सीमा विवाद रहदै आएको छ ।