जापान लक्षित उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण


२८ भाद्र २०७८, सोमबार

एजेन्सी – उत्तर कोरियाले लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको जनाएको छ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीको अनुसार उक्त मिसाइलले १५ सय किलोमिटरको दुरी सम्म प्रहार गर्न सक्छ । उक्त क्षेप्यास्त्रले जापानको धेरै भागमा प्रहार गर्न सक्नेछ।

शनिवार र आइतवार दुईवटा क्षेप्यास्त्र परीक्षणका लागि प्रहार गरिएको थियो।