उत्तर कोरियाको मिसाइल परिक्षणपछि अमेरिका,जापान र दक्षिण कोरियाली प्रतिनिधिको भेट


२९ भाद्र २०७८, मंगलवार

एजेन्सी – अमेरिका, जापान र दक्षिण कोरियाको परमाणु प्रतिनिधि बिच भेट भएको छ ।

हालै उत्तर कोरियाले लामो दुरीको क्रुज मिसाइल परिक्षण गरेपछि तिन देशको माथिल्लो तहको प्रतिनिधीहरुको भेट भएको हो । प्रतिनिधीहरु दुई वर्ष देखी उत्तर कोरियासँग रोकिरहेको वार्तालाई पुनः सुचारु गर्न चाहन्छन ।

मंगलबार जापानमा भएको उक्त छलफलमा उत्तर कोरियामाथी लगाईएको अन्तराष्ट्रिय नाकाबन्दीको गतिरोधलाई हटाउने तर्फ रहेको अलजजिराले जनाएको छ ।