सत्ता गठबन्धन चुनावसम्म टिक्दैन : भट्टराई


२९ भाद्र २०७८, मंगलवार

गोरखा– जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सत्ता गठबन्धन चुनावसम्म टिक्न नसक्ने बताएका छन ।

उनले न्युज एजेसी न्युज कारखानालाई दिएको अन्तरबार्तामा देउवा सरकारको सत्ता गठबन्धन चुनावसम्म रहनपनि वा नरहनपनि सक्ने जनाएका हुन ।

भट्टराईले भने “आगामी निर्वाचनसम्म नै गठबन्धन जान्छ कि जाँदैन भन्न सकिँदैन । तर निर्वाचन गर्नेबेलासम्म यो गठबन्धन रहनुपर्छ भन्ने हाम्रो मान्यता चाहिँ छ । तर, बहुदलीय लोकतन्त्रमा दलहरू, गठबन्धनहरू फरक फरक बन्न सक्छन् ।

त्यसैले के हुन्छ अहिल्यै भन्न सकिँदैन । हामी यति चाहन्छौँ कि एउटा बलियो समाजवादी केन्द्र निर्माण होस्, त्यसले कम्युनिस्ट र कांग्रेसको भरपर्दो अग्रगामी विकल्प दिओस् । अब के हुन्छ त्यो त भविष्यले नै देखाउला ।”

जसपा गठवन्धन सरकारको एउटा साजेदार पार्टी हो ।