Category: अर्थ

निजगढ विमानस्थल बनाउन सरकार पछि हट्दैन : मन्त्री आले

काठमाडौं, जेठ १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताएका छन । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने बताउनुभएको हो […]


बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड

काठमाडौं, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्व ९३ अर्व ८३ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेका आगामी आर्थिक वर्षको बजेटमा सो कूल रकम उल्लेख गरिएको हो । जस अनुसार चालूतर्फ ७ खर्व ५३ अर्व ४० करोड अर्थात ४२ प्रतिशत, पूँजिगत तर्फ […]


सरकारी कर्मचारीहरुको तलव १५ प्रतिशतले वृद्धि

काठमाडौं – सरकारले सरकारी कर्मचारीहरुको तलव १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार संसदमा आ.व.२०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामति, सेना, प्रहरी, शिक्षक लगायत राष्ट्र सेवकहरुलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन आगामी साउन १ गतेबाट लागू हुनेगरी १५ प्रतिशत तलववृद्धि गरेको बताएका हुन । उनले हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता […]


निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद् : माधवकुमार नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताएका छन । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताएका हुन। उनले लामो समयको अध्ययनपश्चात निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताए । विमानस्थल […]


नीति तथा कार्यक्रम: इन्धनको मूल्य स्वचालित प्रणालीबाट तय गरिने

काठमाडौं – सरकारले इन्धनको मूल्य स्वचालित प्रणालीबाट तय गर्ने भएको छ । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन । राष्ट्रपति भण्डारीले आपूर्तिलाई सहज बनाउन स्वचालित मूल्य प्रणाली लागू गरिने बताए ।राष्ट्रपति भण्डारीले आपूर्ति व्यवस्थालाई नियमित सहज र लागत प्रभावकारी बनाउन मूल्य […]


सरकारको कर प्रणाली नीति परिवर्तन हुने

काठमाडौं – सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताएका छन । त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियानलाई सघाउँदै स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तारका लागि सहयोग गर्ने भएको छ । सरकारले स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने भएको […]


भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताए । बुधवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथिको छलफलमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन। उनले नेपालले भारतसँग सुगौली सन्धिपछि मुलुक परनिर्भरतामा गएकाले विगतमा […]


बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गर्नु भएकोे पेश गरेका हुन । उहाँले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने बताए । अर्थमन्त्री शर्माले बजेट आयात घटाउने, […]


सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिम विकासको आधार : उद्योगमन्त्री बडू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार भएको बताए । मन्त्रालयले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रश्तावित दोधारा चाँदनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिको सम्भावनाको आधार हुने बताएका हुन । उनले लामो समयदेखि प्रश्तावित रहेको बन्दरगाह तथा तत्कालिन […]


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरु

काठमाडौं – आजबाट रुपन्देहीस्थित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन भएको छ । योसँगै नेपालमा अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । यसक्रममा आज बिहान ६ः५५ बजे नेपाल वायुसेवा निगमको न्यारोबडी विमान जहाज अवतरण भएको छ भने ७ः०८ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण भएको छ । योसँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक […]


1 2 3 5